ढाका । बंगलादेशमा आइतबार भएको हिंसात्मक विरोध प्रदर्शनमा देशभरमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सडकमा हजारौँ प्रदर्शनकारीहरू उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई तितर बितर पार्न प्रहरीले अश्रु ग्यास र रबरका गोली पनि प्रहार गरेको थियो ।
मर्नेमा कम्तीमा १३ जना प्रहरी पनि रहेको बताइएको छ । सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने मागसहित गएको महिना विश्वविद्यालयका विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रिएयता एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो ।
यसअघि हिंसात्मक विरोध प्रदर्शनमा जुलाई १९ मा ६७ जनाको मृत्यु भएको थियो । आइतबार साँझ ६ बजेदेखि सरकारले अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको छ । सोमबारदेखि तीन दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
यसैबिच सरकारले इन्टरनेट सेवा पनि ठप्प पारेको छ । हसिनाका आलोचक अनि मानव अधिकारवादी समूहहरूले सरकारले प्रदर्शनकारी अत्यधिक बल प्रयोग गरेको आरोप लगाइरहेका छन् । तर हसिना र उनका मन्त्रीहरूले यो आरोप अस्वीकार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ साउन २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल