काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खसेको छ । सो दुर्घटनामा परी ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।
धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।
माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेमा गाई बाँध्न नदिएको झोंकमा काटियो रुख
परीक्षाको तयारी : रुख चढ्ने र ओर्लने प्रतिस्पर्धा