दाङ जिप दुर्घटनामा घाइते १ जनाको मृत्यु, २ को अवस्था गम्भीर

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, ०७ : ५१
दाङ जिप दुर्घटनामा घाइते १ जनाको मृत्यु, २ को अवस्था गम्भीर

काठमाडौ । दाङमा आइतबार साँझ भएको जिप दुर्घटनाका घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। 

तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना हुँदा सातजना घाइते भएका थिए। 

घाइतेमध्ये सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाका अनुसार घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ।