ओमान जाँदै परराष्ट्र सचिव लम्साल

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १५ : ११
ओमान जाँदै परराष्ट्र सचिव लम्साल

काठमाडौं। परराष्ट्र सचिव सेवा लम्साल ओमान भ्रमणमा जाने भएकी छिन् ।यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सचिव लम्साल सोमबार त्यसतर्फ  प्रस्थान गर्न लागेकी मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी छन् ।उनी यही साउन २५ गते स्वदेश फर्कने छिन् ।

प्रतिक्रिया दिनुहोस