काठमाडौ । साउन १५ गते (मंगलबार) खिर खाने दिन देशभर ९० लाख लिटर दुध खपत भएको नेपाल डेरी एसोसिएसनले जनाएको छ।
अरू दिन देशभर दैनिक ३० लाख लिटर हाराहारीमा मात्रै दुध खपत हुने गरेको थियो।
साउन १५ गते नेपाली समाजमा खिर खाने प्रचलन छ। खिर खाने प्रयोजनको लागि मंगलबार सधैँभन्दा तीन गुणा बढी दुख खपत भएको हो। ९० लाख लिटर दुध खपत हुँदा ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको पनि एसोसियसनले जनाएको छ।
वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन नेपाली समाज प्राचीनकालदेखि चल्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध बेचेर मासिक रु ६ लाखसम्म आम्दानी
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेरै महिनामा डेढ लाख बचत
दूध बेचेर वार्षिक २० लाख कमाइ
चितवनका दुई पालिकामा दूध ‘जोन’