बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, ०९ : ०५
बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौँ । गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित  सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको  सशस्त्र प्रहरीले उद्धार गरेको छ । 

नेपाल नं १८ निलबाराही गणबाट  खटिएको सुरक्षा फौजले  बाढीमा फसेका १५ जनाको उद्धार गरेको हो । अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५:०० सो गण बाट फौज परिचालन गरिएको थियो । 

उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी  सुरक्षित स्थलमा ल्याइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस