यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, ०६ : ५८
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस