यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, ०७ : ४८
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य घटेको छ। पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही मुद्रा आज सस्तिएका छन्। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ। 

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा थियो।

त्यसैगरी आज युरो पनि महँगिएको छ। आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ १४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस