काठमाडौँ । सोमबार २० अङ्कको गिरावट भएपनि मंगलबार नेप्से फेरि वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक ३५.५५ अङ्कले बढ्दै २६९६.६५ विन्दुमा उक्लिएको हो । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.२३ अङ्कले बढ्दै ४८५.३८ विन्दुमा उक्लिएको छ ।
साढे ३५ अङ्कले नेप्से सूचक बढेको यस दिन १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज हिमालय रिइन्स्योरेन्सको सबैभन्दा बढी ६० करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ३७ करोड ६७ लाख रुपैयाँ बराबरको र सोल्टी होटल लिमिटेडको ३६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बैंकिङ, म्युचुअल फण्ड, नन्लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।
८१ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ८ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । प्रोगेसिव फाइनान्स, वरुण हाइड्रोपावर को.लिमिटेड र नेपाल वेरिङ्गहाउस लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने आज एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्से ४ अंकले घट्यो, कारोबार साढे ५ अर्बमा सीमित
नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार