काठमाडौँ । सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले पर्यटकसँग लिने शुल्क बढेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ बाट लागु हुने गरी पर्यटक शुल्क बढाएको हो ।
यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा अब सार्क र चीनबाहेक देशका नागरिकसँग लिइने शुल्क ३ हजार रुपैयाँ पुर्याइएको छ । सार्क क्षेत्र र चिनियाँसँग लिने शुल्क भने २ हजार रुपैयाँ यथावत छ ।
गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची १३ अनुसार उक्त शूल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिका भ्रमण गर्ने विदेशी नागरिकसँग गाउँपालिका स्थापना भएयता नै २ हजार शुल्क कायम गरिएको थियो ।
स्थानीय तहले कूटनीतिक विशिष्ट व्यक्ति र १० वर्ष मुनिका बालबालिकालाई भने कागजातका आधारमा निःशुल्क प्रवेश दिइने गाउँपालिकाको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
जलवायु परिवर्तनको कहर: सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढी
चैतको हिउँले सेताम्मे बन्यो खुम्बु क्षेत्र