संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि प्रधानले फिर्ता लिए नाम

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, १४ : २४
संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि प्रधानले फिर्ता लिए नाम

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।  संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको छ ।

सम्बन्धित व्यक्तिले नाम फिर्ता लिन निवेदन दर्ता गराउनुभएको छ’ सचिवालयका सहसचिव निर्मलादेवी लामिछाने बस्तीले जानकारी दिइन् । प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस