पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको नतिजामा बन्यो देशकै पहिलो

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, १४ : ४४
पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको नतिजामा बन्यो देशकै पहिलो

काठमाडौँ । नुवाकोटमा रहेको पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको दोस्रो वर्षको दोस्रो खण्डको नतिजामा बन्यो देशकै पहिलो बन्न सफल भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)द्वारा सञ्चालित परीक्षाको नतिजाअनुसार शिक्षालय पशु विज्ञानतर्फ पहिलो बन्न सफल भएको निमित्त शिक्षालय प्रमुख प्रकाश रैलाले जानकारी दिए ।

नुवाकोट र रसुवा जिल्लाकै एकमात्र आंगिक (सरकारी) शिक्षालय यो नतिजाले देशकै अब्बल प्रमाणित भएको उनको भनाइ छ । ‘सिक, कमाऊ र तिर’ भन्ने अवधारणा सहित सञ्चालित शिक्षालयबाट पशु विज्ञान तर्फ परीक्षा दिएका २७ जनामध्ये २४ जना उत्तीर्ण भएको छ । जसअनुसार ८८.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको उनले बताए । यस्तै बाली बिज्ञानतर्फ बाग्मती प्रदेशकै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । जसअनुसार २३ जनामा २० जना उत्तीर्ण (८६.९५प्रतिशत) भएको जानकारी गराए । रैलाले नयाँ शैक्षिक सत्रका लागि आवेदन फारम भर्ने बेला भएकाले बाली विज्ञान ,पशु विज्ञान र होटेल व्यवस्थापनतर्फ समयमै शिक्षालयमा जोडिएर सिट सुरक्षित गर्दै आफ्नो उच्च एवं व्यवहारिक शिक्षा लिने उद्गम स्थल बनाउनका लागि अनुरोध गरे ।

उनले जम्मा रु ६० हजारमै ३ बर्से डिप्लोमा अध्ययन गर्न पाउने समेत बताए । शिक्षालयले सञ्चालनयता झन्डै ५०० जनालाई सिप परीक्षण गरिसकेको छ भने १०० जना विद्यार्थीलाई पास आउट गरिसकेको छ । हाल शिक्षालयमा २५० जना विद्यार्थी उत्तीर्ण छन् ।

प्रतिक्रिया दिनुहोस