माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, ११ : १९
माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ ।

आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।  बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस