घिमिरे दम्पतीले गरे खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, ११ : ००
घिमिरे दम्पतीले गरे खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

काठमाडौं। समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड रुपैयाँ सहयोग प्रदान गरेका छन् । 

सङ्खुवासभा–काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदबारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताए ।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा विमल कोइराला, पूर्वसचिव सुशील जङ्गबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित थिए । 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस