यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, ०७ : ४४
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन।

अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। 

प्रतिक्रिया दिनुहोस