काठमाडौँ । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८२ सालमा यी ८८ दिन सार्वजनिक बिदा (सूची)
आज मगर एकता दिवस, नवलपुरका स्थानीय तहमा सार्वजनिक बिदा
जनकपुर बोल्ट्सले एनपीएल उपाधि जितेको उपलक्ष्यमा सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा
पञ्चेश्वरले दियो दुई दिन सार्वजनिक बिदा
आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा