यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, ०७ : ५८
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा थियो। 

बिहीबार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा थियो। हिजो केही घटेको अमेरिकी डलरको मूल्यले आज फेरि अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो  युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस