सुर्खेत । जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् ।
जाजरकोट प्रहरीका अनुसार गए राति १ बजेतिर छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किएको थियो । चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा घरमा बस्ने ८ जना घाइते भएका हुन् ।
घाइते हुनेमा घरधनी ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीय सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षीय सुजता अधिकारी, १६ वर्षीय संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी रहेका छन् ।
घाइते भएका सबै एउटै परिवारका हुन् । घाइते संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरू घरमै छन् । बाँकी ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डे बताए ।
यस्तै घाइते सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै घर भत्किँदा उक्त घरको गोठमा बाँधी राखेका ३ वटा बाख्रा पुरिएर मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोप हुँदै झिँगटीले छाएका घर, कालिगढ पाउनै मुस्किल
दसैँमा माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै
मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुई जनाको मृत्यु
सलमान खानको घर बाहिर गोलाबारी मामिलामा अर्का व्यक्ति पक्राउ