राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा लोकबहादुर थापा निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, ०७ : १८
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा लोकबहादुर थापा निर्वाचित

काठमाडौ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ।

राष्ट्रसङ्घका प्रमुख ६ अङ्गमध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित भएका हुन्।

५४ सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि थापाले गर्नेछन्। आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ।

परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन्। पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ। परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ। केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशासमा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका गरेका छन्। 

प्रतिक्रिया दिनुहोस