काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् । आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’ को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन् ।
दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे । ‘अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ’, उनले भने, ‘शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।’ उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्री पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधान गर्छु : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक
स्वास्थ्यमन्त्री यादवको वीर अस्पतालमा छड्के
उपकरणको व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले गुनासो गर्न थाले : मन्त्री जोशी