सौर्यको विमान दुर्घटना: शव शिक्षण अस्पतालमा, मृतकका आफन्तको रुवाबासी

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १४ : ५३
सौर्यको विमान दुर्घटना: शव शिक्षण अस्पतालमा, मृतकका आफन्तको रुवाबासी

काठमाडौं। सौर्य एयरको विमान दुर्घटना मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।बुधवार बिहान भएको दुर्घटनामा मृत्यु भएका १८ जनाको शव शिक्षण अस्पताल पुर्‍याइएको हो ।

विमान दुर्घटनामा मृत्यु भएकाका आफन्तहरू शव बुझ्न अस्पतालबाहिर पुगेका छन् ।अस्पताल परिसरमा पुगेका मृतकका आफन्त भावविह्वल भएका छन् । अस्पताल परिसरमा रुवाबासी चलेको छ ।पोस्टमार्टमको काम केहीबेरमा शुरू हुने शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।

बुधबार बिहान ११:११ मा दुर्घटनाग्रस्त भएको विमानमा चालकदलसहित १९ जना सवार थिए । उनीहरू एयरलाइन्सकै कर्मचारी हुन् ।