लुम्बिनी प्रदेश सभाको बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १४ : ३८
लुम्बिनी प्रदेश सभाको बैठक सुरु

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक भर्खर सुरु भएको हो । प्रदेश सभाको चौथो अधिवेशनको २४औँ बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्मा कार्य विभाजन गरी पुनर्गठन गरिएको’ सम्बन्धी प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने छन् ।

त्यसपछि आज बैठक मुख्यमन्त्री जोख महराले सम्बोधन गर्ने छन् । उनले विश्वास मत माग्ने या राजीनामा दिने अझै खुलेको छैन ।  

प्रतिक्रिया दिनुहोस