काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताए ।
अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उनले भने, ‘आयात र निर्यात घटेको छ । तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ ।’
बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए । ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै काम गर्न पाएनन्’ ओलीले भने ।
विकास निर्माण लथालिंग भएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै उनले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था ।’
निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको उनले बताए । आफ्नो सरकारको प्राथमिकताबारे उनले संसदमा जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन
विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन
विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा के-के भयो ? (पुर्णपाठसहित)