हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार (आज) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन्।
यस अघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनले चौथो पटक भने सत्ता गुमाउने निश्चित जस्तै छ।
नयाँ सत्ता समीकरण अनुसार सरकार बनाउन लागेका एमाले र कांग्रेसले आफ्ना सांसदलाई जम्मरकट्टेलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका छन् भने अन्य दललाई समेत विपक्षमा मतदान गर्न अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भर्चुअल संवाद गर्ने
राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान गठबन्धन बनेको हो: मुख्यमन्त्री लामा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउँछ : मुख्यमन्त्री कार्की