रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १४ : १३
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

काठमाडौं। नयाँ दिल्ली– रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू अमेरिकाको सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो । 

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिसको प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई–११७९ विमान क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ)को लागि सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले बताएको छ । 
 
उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुहरूलाई सहयोग गरेकोमा रुसको विदेश मन्त्रालयलगायत अन्य सहयोगी निकायहरूलाई धन्यवाद दिएको छ ।

यसअघि एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका  विमानका यात्रुहरूलाई सान फ्रान्सिस्को पुर्याउन राहत उडानका लागि स्वीकृति प्राप्त गरेको बताएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस