काठमाडौँ । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले युवाहरू वैदेशिक रोजगारीमा जाने कुरा स्वाभाविक भएको बताएका छन् । शनिबार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले युवाहरू वैदेशिक रोजगारी जाने अवस्था विगतमा कोरियामा पनि रहेको उल्लेख गरे ।
उनले अहिले युवाहरू खाडी लगायतका विदेशमा गएर काम गर्ने कुरालाई अस्वाभाविक नमान्न आग्रह गरे । उनले विगतका कोरियनहरू जर्मनीको खानीहरूमा काम गर्न जानका लागि प्रतिस्पर्धा गर्ने गरेको बताए ।
उनले भने–‘कोरियामा नर्सिङ गरेका छोरीहरूले युरोपमा गएर काम गरे भने त्यो बेलामा सबैभन्दा ठुलो उपलब्धि मानिन्थ्यो । धेरै वर्ष अगाडिको कुरा हैन, यो वीपी कोइराला प्रधानमन्त्री भएको बेलाको सन्दर्भ हो यो । २०१५ साल सेरोफेरोको कुरा हो, त्यहाँबाट यहाँ आइपुगेको हो । प्रत्येक देशले यसरी अवसर पक्रिएका छन् ।’
उनले नेपाललाई अव अर्को अवसर आएको बताए । नेपाललाई अब ज्ञान अर्थतन्त्र, सूचना प्रविधिमा आधारित अर्थतन्त्रमा लैजानुपर्ने बताए ।
थापाले भने–‘सूचना प्रविधिका यति धेरै नयाँ उद्योग, यति धेरै व्यवसाय, यति धेरै अवसर सृजना भएको छ, नेपालले यसलाई छोप्न सक्यो भने १०–१५ वर्षमा हामी एउटा विकसित देशको रूपमा अगाडि जान्छौँ । यसलाई छोप्न सकेनौँ भने हामी जहाँको त्यही रहन्छौँ ।’ उनले त्यसलाई छोप्न गणित र अङ्ग्रेजी जानेको विद्यार्थी चाहिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
सहकारी ठगी होस् कि मानव तस्करी, कानूनविपरीत काम गर्नेहरू अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा
तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा
हाम्रो ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ : गगन थापा
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ : महामन्त्री थापा