प्रधानमन्त्रीको निर्देशन : उद्योगको काटिएको लाइन जोड्न प्राधिकरण भएन तयार

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, ०९ : ५७
प्रधानमन्त्रीको निर्देशन : उद्योगको काटिएको लाइन जोड्न प्राधिकरण भएन तयार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि पनि नेपाल विद्युत् प्राधिकरण काटेको विभिन्न उद्योगको बिजुली जोड्न तयार देखिएको छैन ।

शुक्रबार मात्र प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल लाइन जोडिदिन निर्देशन दिएका थिए । 

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् । ओलीको निर्देशनपछि  प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकले  लाइन नजोड्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । 

शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएका थिए ।  

प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै पनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको विरोधका बिच प्राधिकरणले लाइन काट्ने अभियान सुरु गरिसकेकोमा सरकार परिवर्तन भएसँगै ओलीले उद्योगीको पक्षमा हुने गरी निर्देशन दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस