एजेन्सी । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न त्यहाँको सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ।
बीबीसीका अनुसार बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।
बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवा आन्दोलित भएका हुन्। उक्त आन्दोलनले हिंसात्मक रूप लिएको हो।
राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ।
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ ।तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो।
सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ साउन २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
नेपाल र बंगलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत