काठमाडौँ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विपत्त व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकारले अहिले जुन किसिमको विपत्त व्यवस्थापनमा काम गरिरहेको छ। यसले मात्रै पुग्दैन । यसलाई बढी भन्दा बढी अझ युद्ध स्तरमा काम गर्नको लागि सरकारसँग अनुरोध गर्न चाहन्छु’ उनले भने ।
नेपालमा बसोबासको सन्दर्भमा पूर्व अध्ययन नहुने र जथाभाबी बस्ती बसाल्ने प्रवृत्तिका कारण समस्या भएको उनले बताए । भूगोल ख्याल गरेर बस्ती बसाल्ने र विकासका नाममा पहाडमा डोजर चलाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिए ।
‘कुन ठाउँमा कुन समस्या छ भनेर पूर्व तयारी गर्नुपर्छ। बाढी पहिलो जान सक्ने ठाउँ वा आगलागीको समस्याको विषय छ । हिमाल पग्लिने लगायतको विषय पनि छ’ सांसद शेर्पाले सरकारको ध्यानाकर्षण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि