विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, १३ : ३०
विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला

काठमाडौँ । वितेको २४ घण्टामा काठमाडौँसहित देेशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन्  । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका-११ लामागाउँ बस्‍ने ७७ वर्षीया बाल कुमारी गुरूङ आफ्नै घरमा मृतावस्थामा फेला परेकी छिन् । 

यसैगरी काठमाडौंको किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ सोही घरको भर्‍याङ चढ्ने सिढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नाम्बुस्थित थाकचुङ बस्ने ४१ वर्षीय समिर नाल्बो सोही ठाउँस्थित फेन्सेलको जंगलमा मृतावस्थामा फेला परेका छन् भने सप्तरीको सुरूङगा नगरपालिका-८ समशेरपुर बस्ने ४५ वर्षीय तेजु चौधरी पनि सोही ठाउँ धांती बजारस्थित बाटोको छेउमा  मृतावस्थामा फेला परेका छन् ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया बस्ने बाले मण्डलको छोरा ११ वर्षीय पर्शुराम मण्डल सोही महानगरपालिका-१२ दरैयास्थित खाल्डोमा जमेको पानीमा मृतावस्थामा फेला परेका छन् । यसैगरी रूपन्देहीको कोटहिमाई गाउँपालिका-२ भुवरीस्थित तिनाँउ खोलामा करिब २० वर्षीय पुरूष मृतावस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस