ओली सरकारले २४ घण्टासम्म मन्त्रिपरिषद्को निर्णय गोप्य राख्ने

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, ०७ : २१
ओली सरकारले २४ घण्टासम्म मन्त्रिपरिषद्को निर्णय गोप्य राख्ने

काठमाडौ । केपी ओली नेतृत्वको  सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य राख्ने भएको छ ।  
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने निर्णय गरेको हो । त्यसअघि सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएकाले २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनले भने, ‘मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ । मन्त्रीहरुले पनि त्यसलाई बाहिर लैजान पाउँदैन, तर आजको निर्णय २४ घण्टापछि मात्र भन्नुपर्ने आजै भनिदो रहेछ । यो त गोपनियताको विपरीत हुन्छ । अब दोस्रो बैठकदेखि मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टा पछि मन्त्रालयबाट जानकारी गराइनेछ । 

यसअघि ओली सरकारको नेतृत्वमा रहँदा पनि मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने अभ्यास थियो ।