जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १६ : २७
जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरुले काम गर्ने बताएका छन् । सोमबार शितल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । 

जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरुलाई राहत दिने कुरामा जोड दिएर अघि बढनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो । उनले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘देशका ठूला दलहरु मिलेर बनेको सरकार भएको कारणले गर्दा हाम्रो ध्यान डेलिभर गर्ने काममा ध्यान केन्द्रीत गर्नुपर्छ । जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही विशेष जोड दिएर अगाडि बढनुपर्छ भन्ने लागेको छ ।’ a

उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस