काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।
साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए । मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।
काठमाडौँ- ५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल