त्रिशूलीमा १२ शव फेला, ५ जनाको सनाखत हुन बाँकी

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १२ : ४२
त्रिशूलीमा १२ शव फेला, ५ जनाको सनाखत हुन बाँकी

काठमाडौँ । सिमलताल दुर्घटनामा परि त्रिशूलीमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नारायणी नदी किनारमा सोमबार बिहानसम्म १२ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार घटनास्थल भरतपुर २९ सिमलतालदेखि गण्डक ब्यारेजसम्मको नारायणी किनारामा खोजी गर्ने क्रममा ती शव भेटिएका हुन् ।चितवन प्रहरीले भेटिएका शवहरू सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसमा सवार यात्रुहरू हुनसक्ने अनुमान गरेको छ ।

शव भेटिएकाहरूमध्ये अहिलेसम्म सात जनाको मात्रै सनाखत भएको छ । उनीहरूको आफन्तले शव जिम्मा पनि लिइसकेका छन् । तर, पाँच जनाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीको भनाई छ ।

सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

त्यसैगरी चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । भेटिएका शव मध्ये चार चार पुरुष र एक महिलाको शवको पहिचान खुल्न सकेको छैन । घटनास्थल सिमलताभन्दा ५० किलोमिटरदेखि एक सय किलोमिटर गण्डक ब्यारेजसम्म ती शव भेटेको हो ।

 

Tags :