प्रधानमन्त्रीमा ओलीको नियुक्ति आइतबार

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, ०६ : ३४
प्रधानमन्त्रीमा ओलीको नियुक्ति आइतबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबारमात्रै हुने भएको छ ।

ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेश गरेपनि नियुक्ति भने आइतबार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनायो । 

कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनबारे फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दावी पेश भएपछि अब नियुक्तिको विषय राष्ट्रपतिको भएको जनाए । यद्यपि आज भने नियुक्त हुन नसकेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस