‘रेड जोन’ मा रात्रिकालीन यातायात सञ्चालन नगर्ने निर्णय

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, १५ : २३
‘रेड जोन’ मा रात्रिकालीन यातायात सञ्चालन नगर्ने निर्णय

काठमाडौँ। मौसम विभागले 'रेड अलर्ट' जारी गरेका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइने भएको छ ।शुक्रबार गृह मन्त्रालयमा यातायात व्यवसायीसँग भएको छलफलमा 'रेड अलर्ट' जारी भएका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री रवि लािमछानेले जानकारी दिए ।

आज बिहान नारायणगढ-मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको थियो ।धेरै पानी परेको र पहिरो जानेजस्तो सम्भावना भएका ठाउँलाई रेड जोनमा राखिने उनले बताए । 

मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र (रेड जोन) तोक्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस