पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, ११ : ४६
पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन् । देशमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा पार्टी कार्यालय पेरिडाँडाबाट प्रधानमन्त्री समेत रहेका प्रचण्डले विशेष सम्बोधन गर्न लागेका हुन् ।

प्रचण्डले संसदबाट केहीबेरमा विश्वासको मत लिन लागेका छन् । तर, उनले विश्वासको मत नपाउने निश्चित छ । प्रधानमन्त्रीमा विश्वासको मत नपाएसँगै उनले आगामी रणनीतिलगायतका विषयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने एक माओवादी केन्द्रका नेताले बताए ।

प्रतिक्रिया दिनुहोस