बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, ०८ : ०२
बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन् । 

साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील पनि प्रधानमन्त्रीले गरेका छन् । 

चितवनको सिमलतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ । साथै अन्य स्थानमा पनि अविरल वर्षाका कारण बाढी पहिरोबाट जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस