केन्जा लेली बनिन् विश्वको पहिलो मिस एआई

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १६ : २४
केन्जा लेली बनिन् विश्वको पहिलो मिस एआई

काठमाडौँ । केन्जा लेली विश्वकै पहिलो एआई सुन्दरी घोषित भएकी छिन् । मोरक्कोकी लाइफस्टाइल इन्फ्लुएन्सर लेलीको इन्ष्टाग्राममा करिब २ लाख फलोअर छन् ।टिकटकमा यो सङ्ख्या ४५ हजार छ । लेली पूरै एआई जेनरेटेड हुन् । उनको तस्बिरदेखि पोष्टमा देखिने क्याप्शनसमेत सबै एआईले नै सृजना गर्ने गरेको छ ।

‘मिस एआईको उपाधि जितेपछि म एआई प्रविधिको उन्नतिमा काम जारी राख्न झनै प्रेरित भएको छु,’ लेलीले एउटा भिडियो स्पीचमा भनेकी छिन् ।

एआई टुल मात्रै नभएर कयौँ उद्योगलाई ‘डिष्रप्ट’ गर्ने, पुरातन मूल्य मान्यतालाई चुनौती दिन सक्ने र यस अघि कहिले अस्तित्वमा नरहेका अवसरहरू सृजना गर्न सक्ने परिवर्तनकारी शक्ति भएको उनले बताएकी छिन् ।

गएको वसन्तमा विश्वकै पहिलो मिस एआई प्रतिस्पर्धाको घोषणा हुँदा विश्वभरका १ हजार ५०० एआई प्रोग्रामरहरू यस आ–आफ्ना एआई मोडललाई सहभागी गराएका थिए ।

यसमध्येबाट १० जनालाई छानेर अन्तिम प्रतिस्पर्धा गराइएको थियो । लेलीलाई फिनिक्स एआई एजेन्सीका संस्थापक मरियम बेस्साले बनाएकी हुन् ।

उपाधि विजेता लेली समेत फष्र्ट रनर अप फ्रान्सकी लालिना भालिना र सेकेन्ड रनर अप पोर्चुगलकी ओलिभिया सीले कूल २० हजार डलरको पुरस्कार राशि जितेका छन् । बस्साले पनि ५ हजार नगद पुरस्कार पनि पाएका छन् ।

प्रतिक्रिया दिनुहोस