चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।
पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।
सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असार २०८१, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अवरुद्ध
सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
पहिरोले अरनिको राजमार्ग अवरुद्ध