चितवनमा दर्ता भए मिटर ब्याजसम्बन्धी ५९ उजुरी

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८१, १६ : १३
चितवनमा दर्ता भए मिटर ब्याजसम्बन्धी ५९ उजुरी

काठमाडौं। चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी)सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् ।जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुई वटा उजुरी दर्ता भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोपिचन्द्र दवाडीका अनुसार २०८१ जेठ ११ गतेदेखि असार १४ गतेसम्म ती उजुरी दर्ता भएका हुन् ।जिल्ला प्रहरी कार्यालयमा परेको एउटा उजुरीको सहमतिसमेत भइसकेको उनले जानकारी दिए । 

आयोगले उजुरी आह्वान गरेपछि परेका उजुरीमाथि छलफल गर्न सहायक प्रमुख जिल्ला अधिकारी खेमानन्द भुसालको संयोजकत्वमा तीन सदस्यीय उजुरी फर्स्यौट संयन्त्र गठन गरिएको छ ।उनले भने 'संयन्त्रको बैठक बसेर परेका उजुरीमाथि प्राथमिकताको आधारमा छलफल गरिने छ ।'

छलफलमार्फत आपसी समझदारीबाट समाधान निकालिने उनले बताए । विक्रम संवत् २०८० साउनयता विभिन्न समयमा आयोगले उजुरी आह्वान गरेपछि अन्य समयमा ९३ उजुरी दर्ता भएका थिए । गत वर्ष माघ ८ गतेसम्म ती उजुरी परेका हुन् ।

परेका उजुरीमध्ये ८६ वटा जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो ।प्रहरी कार्यालयमा पठाइएका उजुरीमध्ये ५७ वटा फर्स्यौट हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस