रविप्रति मुकुल ढकालको टिप्पणी– देउवाको सरकार बन्यो भने टाँसिन पाइएला भनेर सरकार छाडेनन्

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १५ : ४३
रविप्रति मुकुल ढकालको टिप्पणी– देउवाको सरकार बन्यो भने टाँसिन पाइएला भनेर सरकार छाडेनन्

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले संविधानको धारा ७६ (३) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ भन्ने आशमा रवि लामिछानेले सरकार नछाडेको टिप्पणी गरेका छन् ।

रविको शैली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जस्तो सत्तामुखी देखिएको उनले टिप्पणी गरे ।बुधबार पत्रकार सम्मेलन गरेर महामन्त्री ढकालले देउवाको सरकार बन्ने आशमा लामिछानेले सरकार नछाडेको आरोप लगाएका हुन् ।

‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ, देउवाको सरकार बन्ला र टाँसिन पाइएला कि भनेर सरकार छाड्नु भएको छैन । प्रचण्डको शैली मन पर्नेलाई मुकुलको नपर्न सक्छ,’ ढकालले भने ।ढकालले पार्टी स्थापनाको योजना कालीकोटको रास्कोटमा बनेको र आफूले नै राजनीतिक प्रतिवेदन तयार गरेको दाबी गरे ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस