बालाजुको बाइस धाराबाट होइन, संविधानकै धाराबाटै नयाँ सरकार बन्छ :सांसद रिजाल

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८१, १३ : ४४
बालाजुको बाइस धाराबाट होइन, संविधानकै धाराबाटै नयाँ सरकार बन्छ :सांसद  रिजाल

काठमाडौं। नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले संविधानको धाराबाटै नयाँ सरकार बन्ने बताएका छन् ।मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

‘संविधानको धाराबाटै सरकार बन्ने हो, बालाजुको बाइस धाराबाट सरकार बन्दैन,’ रिजालले भने ।माओवादी सांसदले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) मा जाने जिकिर गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको कार्यशैलीकै कारण पटकपटक गठबन्धन फेरिएको उनले बताए । ‘प्रचण्डको चरित्र जाडो भयो औलतिर झर्ने, गर्मी भएपछि खर्कतिर फर्किने खालको देखियो, अस्थिर चरित्रका कारण नयाँ गठबन्धन बन्यो’ रिजालले भने ।वामपन्थी र कांग्रेस मिलेर जाँदा देशमा ठूला परिवर्तन भएको स्मरण गर्दै संविधान संशोधनका लागि सहमति भएको उनले बताए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस