बागमती प्रदेशमा हालसम्म ४०.१९ प्रतिशत मात्रै रोपाइ

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, ११ : ४३
बागमती प्रदेशमा हालसम्म ४०.१९ प्रतिशत मात्रै रोपाइ

काठमाडौं । बागमती प्रदेशको १३ जिल्लामा कुल १ लाख १४ हजार ५ सय ६१ हेक्टर जमिनमा धानखेती हुने गरेकोमा हालसम्म ४०.१९ प्रतिशत मात्रै रोपाइँ भएको छ।

यस वर्ष मनसुन ढिला सुरु भएकाले रोपाइँ ढिला भएको हो। बागमतीमा बिहीबारबाट मात्रै मनसुन सुरु भएकाले एकातिर बाढी पहिरोको त्रास र अर्कोतिर रोपाइँको चटारो छ।  हालसम्म ४६ हजार ४५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशका १३ जिल्लामध्ये दोलखामा सबैभन्दा बढी रोपाइँ भएको छ। दोलखामा २ हजार ८ सय १४ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा यस वर्ष १ हजार ७ सय १७ हेक्टरमा रोपाइँ भएको छ। सबैभन्दा कम रोपाइँ ललितपुरमा भएको छ। जहाँ ४ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमध्ये ८ सय ३३ हेक्टर अर्थात् २० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।