राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

सफल खबर संवाददाता

विहीबार, २० असार २०८१, १४ : ४६
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । सरकारले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस