डेंगु संक्रमण बढ्दै, ११ दिनमा १६४ जनामा पुष्टि

सफल खबर संवाददाता

विहीबार, २० असार २०८१, १० : ५२
डेंगु संक्रमण बढ्दै, ११ दिनमा १६४ जनामा पुष्टि

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको छ । जसअनुसार ११ दिनको फरकमा १ सय ६४ जना डेंगु संक्रमितका नयाँ बिरामी थपिएका छन् ।

ईडीसीडीले ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ ।  हुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको हो । 

प्रतिक्रिया दिनुहोस