कांग्रेस पार्टी कार्यालयमा पुगे ओली

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, १४ : १०
कांग्रेस पार्टी कार्यालयमा पुगे ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि मंगलबार दिउँसो ओली सानेपा पुगेका हुन् ।

ओलीलाई कांग्रेस नेताहरूले सानेपामा स्वागत गरेका थिए ।सोमबार मात्र नेकपा एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएको थियो । सहमतिअनुसार ओली पहिलो कार्यकालको प्रधानमन्त्री बन्दैछन् ।

सानेपामा राजनीतिक परिवर्तनका गिरिजाप्रसाद कोइरालाको योगदानबारे प्रवचन कार्यक्रम छ । जहाँ, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले सम्बोधन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस