काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ठूला राजनीतिक दललाई व्यङ्ग्य गरेर संसद्मा कविता सुनाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्ने क्रममा उनले कविता सुनाएका हुन् ।
एउटा कुटे जस्तो गर्छौ
एउटा रोए जस्तो गर्छौ
एउटा घचेटे जस्तो गर्छ
अर्को अलि पर सर्छ
तिमी हाम्रो हात काट्छौ
र चम्चाले खुवाउँछौ
दिउँसो कम्मल बाँध्छौ
राति घरमा आगो लगाउँछौ
तिम्रो सक्कली अनुहारबाट
हामी बेखबर
आँखा चिम्लेर तिम्रो जयजयकार गर्छाैं
र त हामी दुःख पाउँछौं
यी सब तिम्रा नाटक हुन्
हामीलाई थाहा छ तिमीहरू
आपसमा मिलेर अवसरको साझेदारी गर्छौ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्मा उठ्यो पांग्रा छाड्ने विमानको विषय, छानबिन आयोग गठन गर्न माग
संसद्मा हंगामा गरेपछि आम आदमी पार्टीका १३ सांसदलाई विधानसभाबाट निकालियो
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक