काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ। पहिले प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको छ। पार्टीका बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन्।
आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो। संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ।
त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय सर्वसम्मतिबाट पारित गरिएको नागरिक उन्मुक्ति पार्टीको विज्ञप्तीमा उल्लेख छ।
आफूलाई संसदीय दलको नेताबाट हटाइएको बारेमा कुनै जानकारी नभएको रञ्जिताले बताएकी छन्। थाहाखबरसँग कुराकानी गर्दै उनले आफूलाई कुनै जानकारी नभएको र कसैले टीकापुरमा बसेर गरेको निर्णय नमान्ने बताएकी छन्।
उनले भनिन्, ‘संसदीय दलको नेता परिवर्तन गर्ने कुनै एउटा कोठामा बसेर गर्ने हैन, म काठमाडौंमा नै छु, उहाँहरुले टीकापुरमा बसेर गरेको निर्णय मान्य हुँदैन।’
यता प्रमुख सचेतक बनाइएका लालवीर चौधरीले भने संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरिएको जानकारी दिँदै आफूहरु काठमाडौं आइपुगेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको माफी मिनाहाले कसूरको अन्त्य हुँदैन : रञ्जिता श्रेष्ठ
सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन रञ्जिताको ह्वीप
सुदूरपश्चिमकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाउने रञ्जिताको निर्णय
सरकारबाट बाहिरिन संसदीय दललाई नाउपाको निर्देशन
केन्द्र र प्रदेशमा नयाँ समीकरणलाई समर्थन गर्ने नाउपाको निर्णय
सरकारमा सहभागी हुन नाउपालाई प्रधानमन्त्रीको आग्रह