बैतडीमा घरको छतमा खस्यो ट्याक्टर, दुई बालिका घाइते

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, १३ : ५१
बैतडीमा घरको छतमा खस्यो ट्याक्टर, दुई बालिका घाइते

बैतडी। बैतडीमा घरको छतमा ट्याक्टर खस्दा २ बालिका घाइते भएका छन् ।​मेलौली नगरपालिका–३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णिमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।ढुङ्गा बोक्दै गरेको ट्याक्टर एक्कासि सडकबाट १ सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्याक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । 

प्रहरीले ट्याक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस